वीरगंजबाट ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

spot_img

वीरगंज,३१ साउन । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले वीरगंजबाट ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट आइतबार खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एउटा मोबाइल फोन र ‘अन टेस्ट’ लेखिएको एउटा मोटरसाइकल बरामद गरिएको छ । लागु औषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंजमा बुझाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once