पहिरो र ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

spot_img

चितवन,१८ साउन । लगातारको वर्षासँगै पहिरो खस्ने र ढुंगा झर्ने क्रम बढेपछि मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी रूपमा अवरुद्ध भएको छ। सडकमा पहिरो र ढुंगा खसेका कारण यातायात सञ्चालन प्रभावित भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै माथिबाट ढुंगा खसेको छ। यस्तै, सिमलताल क्षेत्रमा माथिबाट लेदो बगेर सडकमा आएपछि सवारीसाधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरले अवरुद्ध सडक पूर्ण रूपमा खुलाउनका लागि आवश्यक उपकरण र जनशक्ति सम्बन्धित स्थानमा परिचालन गरिसकेको जनाएको छ। थप पहिरो वा ढुंगा खस्ने अवस्था नआएमा करिब एक घण्टाभित्र सडकलाई दुवैतर्फ सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ।

हाल उक्त क्षेत्रमा वर्षा भइरहेको र पहिरोको जोखिम कायमै रहेकाले सडक डिभिजन कार्यालय भरतपुरले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। कार्यालयले सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।

वर्षायाममा मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो र ढुंगा खस्ने समस्या दोहोरिने गरेको छ। यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once