मालपोत कार्यालय लगनखेलका तीन कर्मचारीसहित पाँच जना घुससहित रंगेहात पक्राउ

spot_img

काठमाडौं,१६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारीसहित दुई जना लेखापढी व्यवसायीलाई घुस लिएको आरोपमा रंगेहात पक्राउ गरेको छ।

अख्तियारका अनुसार सेवाग्राहीसँग जग्गाको बकसपत्र गराइदिने भन्दै घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालय लगनखेलका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। त्यस्तै, घुस प्रकरणमा संलग्न रहेको आरोपमा लेखापढी व्यवसायी (लेखन्दास) शैलेन्द्र रानामगर र समिर कटवाल पनि पक्राउ परेका छन्।

अख्तियारका अनुसार कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीबीच मिलेमतो गरी सेवाग्राहीलाई जग्गाको बकसपत्र गराइदिने भन्दै रकम माग गरिएको थियो। सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो। पक्राउ गर्ने क्रममा अख्तियारको टोलीले उनीहरूको साथबाट घुसबापत लिइएको ३ लाख रुपैयाँ तथा स्रोत खुल्न नसकेको थप २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। आयोगले घुस तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once