धनुषाको रघुनाथपुरमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या

spot_img

जनकपुरधाम,१५ साउन । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

हत्या हुनेमा धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरी रहेका छन्। उनी पछिल्लो समय रघुनाथपुरस्थित हनुमान मन्दिरमा राति बस्दै आएका थिए।

प्रहरीका अनुसार गएराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी गडेरीको हत्या गरेका हुन्। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाउने, आवश्यक प्रमाण संकलन गर्ने तथा घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।

हत्या कसले र किन गरेको हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once