झापाको गौरीगन्जमा कारको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

spot_img

विराटनगर,०२ साउन । झापाको गौरीगन्जमा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज गाउँपालिका–२ कृष्ण खोला नजिक शुक्रबार भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहम्मद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो।

प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्लामको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको दिउँसो करिब २:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकलको पछाडि सवार हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो ३:१० बजे मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनापछि कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once