सामुदायिक शिक्षामा गुणस्तरीय सुधारका लागि ‘एक वडा–एक नमुना विद्यालय’ : डा. सूर्या

spot_img

बोदेबरसाइन, सप्तरी। राजविराज शैक्षिक सुधार अभियानअन्तर्गत सामुदायिक विद्यालयहरूको अवलोकनमा जुटेका अभियन्ता डा. सूर्य प्रसाद यादव (सूर्या) ले राजविराज नगरपालिकामा ‘एक वडा–एक नमुना सामुदायिक विद्यालय’ अवधारणा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

उनका अनुसार हालसम्म नगरभित्रका ५० प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयको अवलोकन सम्पन्न भइसकेको छ। अवलोकनका क्रममा विद्यालयहरूको शैक्षिक अवस्था, व्यवस्थापन, उपलब्धि तथा सुधार गर्नुपर्ने पक्षको नजिकबाट अध्ययन गरिएको उनले जानकारी दिए।

डा. यादवले प्रत्येक वडामा कम्तीमा एउटा नमुना सामुदायिक विद्यालय विकास गर्न सके राजविराजको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे। यस्तो अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भए राजविराज मात्र होइन, सम्पूर्ण सप्तरीका विद्यार्थी गुणस्तरीय शिक्षाका लागि अन्य जिल्लातर्फ जानुपर्ने बाध्यता समेत अन्त्य हुने उनको भनाइ छ।

उनले राजविराजको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी स्थानीय निर्वाचनमा नगरको नेतृत्वका लागि निस्वार्थ, इमान्दार र दूरदर्शी नेतृत्व चयन गर्न नागरिकसँग आग्रह गरे।

डा. यादवले “शिक्षित राजविराज, विकसित राजविराज” महाअभियानमार्फत नगरको शिक्षा प्रणालीमा दीर्घकालीन तथा गुणात्मक सुधार ल्याउने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once