एसिसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोली घोषणा, सोनी पाक्रिन कप्तान

spot_img

काठमाडौँ,१४ असार । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाई ११, २०२६ देखि मलेसियामा आयोजना हुने एसिसी यू-१९ महिला प्रिमियर कपका लागि राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरेको छ। क्यानले आधिकारिक प्रेस विज्ञप्तिमार्फत १८ सदस्यीय टोली सार्वजनिक गरेको हो।

एसियाली क्रिकेट काउन्सिल (ACC) को आयोजनामा हुने उक्त प्रतियोगिता जुलाई ११ देखि सुरु हुनेछ। प्रतियोगितामा नेपालले एसियाका विभिन्न राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ।

सोनी पाक्रिनको कप्तानीमा १८ सदस्यीय टोली

घोषित टोलीको कप्तानी सोनी पाक्रिनले गर्ने भएकी छन्। युवा महिला क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको यस प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। क्यानका सचिव पारस खड्का द्वारा जारी विज्ञप्तिअनुसार टोलीले प्रतियोगिता अघि विशेष प्रशिक्षण समेत गर्नेछ।

नेपाली टोली सूची

सोनी पाख्रिन (कप्तान), सना प्रवीण,अलिशा कुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा,अनु कडायत, तिर्सना विश्वकर्मा, कुस्मा गुरुङ, अञ्जनी पाठक, मनीषा चौधरी, स्नेहा महरा,करुणा विष्ट, प्रतिमा साह, प्रिस्ना राना मगर, साक्षी यादव, आशा चौधरी नेपाली समर्थकहरूले यस युवा टोलीबाट अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once