इन्धन मूल्य घट्ने संकेत, अर्थमन्त्री वाग्लेको संसदमा दाबी

spot_img

काठमाडौँ, १४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको भू-राजनीतिक तनाव क्रमशः कम हुँदै गएकाले डिजेल, पेट्रोललगायत पेट्रोलियम पदार्थको मूल्य निकट भविष्यमा घट्ने संकेत गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दो क्रममा रहेको जानकारी दिए।

उनका अनुसार हालसम्म नेपालमा नयाँ दरअनुसारको इन्धन इन्डियन आयल कर्पोरेसन (IOC) बाट आपूर्ति नभएकाले तत्कालै मूल्य समायोजन गर्न सम्भव भएको छैन। अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारको मूल्य अवस्था र नेपालको आपूर्ति प्रणालीबारे स्पष्ट पार्दै नयाँ मूल्यमा इन्धन आपूर्ति सुरु भएपछि नेपालमा पनि सोहीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने विश्वास व्यक्त गरे।

उनले विश्व बजारको उतारचढाव र आपूर्ति शृङ्खलाका कारण तत्कालीन मूल्य निर्धारण प्रभावित हुने भए पनि आगामी दिनमा उपभोक्ताले राहत पाउने अपेक्षा रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once