एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्कासनका लागि एनआइएमबिएस क्यापिटल बिक्री प्रबन्धक

spot_img

काठमाडौँ,०९ असार । एनआईसी एशिया बैंकले २:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यसका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६ सय ५९ कित्ता साधारण शेयर आधार मानेर हकप्रद शेयर निष्कासन गर्न लागेको हो। बैंकले विद्यमान २ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयर (२:१ अनुपात) को दरमा हकप्रद शेयर निष्कासन गर्नेछ। यसअनुसार साविकका शेयरधनीहरूका लागि ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८ सय ३५ कित्ता हकप्रद साधारण शेयर निष्कासन गरिनेछ।

उक्त हकप्रद शेयर निष्कासनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी आगामी दिनमा औपचारिक रूपमा निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। हकप्रद शेयरबाट संकलित रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत बनाउन तथा दीर्घकालीन व्यावसायिक विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयन गर्न प्रयोग गरिने बैंकले स्पष्ट पारेको छ।

यस सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइँटेल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once