Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21 C
Kathmandu

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

spot_img

काठमाडौँ,२४ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आगामी जेठ २५ गते बिहान ९ बजे बैठक बोलाइएको हो। बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ।

उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।

महामन्त्री बुर्लाकोटीले बैठकका लागि आवश्यक सूचना र आमन्त्रण पत्र सबै राजनीतिक दलहरूमा पठाइसकिएको र सम्बन्धित दलहरूले सहभागिताको पुष्टि समेत गरिसकेको जानकारी दिए।

यसअघि सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग टेलिफोन संवाद गर्दै बैठक सहजीकरण गर्न आग्रह गरेका थिए।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले रास्वपाले यो सर्वदलीय बैठक आयोजना गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once