काठमाडौं,२३ जेष्ठ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा मन्त्री खनालले भारत नेपालका लागि सबैभन्दा महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले नेपाल–भारत सहकार्यलाई थप ठोस र परिणाममुखी रूपमा अघि बढाउन नेपाल पूर्ण रूपमा तयार रहेको धारणा राखे।
त्यसैगरी भारतीय विदेशमन्त्री एस जयशङ्करले भारत र नेपालबीचको सम्बन्ध ‘बलियो जग’मा आधारित अत्यन्त ‘विशेष’ रहेको बताए। उनले पश्चिम एसियामा देखिएको भूराजनीतिक तनावका बाबजुद पनि भारतले नेपालका लागि इन्धन आपूर्तिलाई निरन्तरता दिँदै त्यसको सुनिश्चितता गरेको उल्लेख गरे।
जयशङ्करले भारत सधैँ नेपालको भरपर्दो साझेदार रहने प्रतिबद्धता व्यक्त गरेका छन्।






