Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
spot_img
26.3 C
Kathmandu

उदयपुरमा हर्क साम्पाङ सवार मोटरसाइकल दुर्घटना

spot_img

उदयपुर,२२ जेष्ठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन कटारीबाट प्रस्थान गर्ने क्रममा उनी सवार मोटरसाइकल बीच बाटोमै दुर्घटनामा परेको हो।

दुर्घटनामा अध्यक्ष साम्पाङको हातमा सामान्य चोट लागेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनापछि पनि साम्पाङको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनापछि केही समय असहजता भए पनि अध्यक्ष साम्पाङले दृढता देखाउँदै पूर्वनिर्धारित कार्यक्रम स्थलमा पुगेर सहभागीता जनाएका थिए। दुर्घटनाको कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once