सरकारको आकर्षक निर्णय : निजामती कर्मचारीको पारिश्रमिकमा २१ प्रतिशत वृद्धि

spot_img

काठमाडौँ,१५ जेष्ठ ।  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजामती कर्मचारीहरूको तलब तथा भत्तामा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा उनीहरूको जीवनस्तर सहज बनाउने उद्देश्यले आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए।

सरकारको निर्णयसँगै आगामी साउन महिनादेखि लागू हुने नयाँ तलबमानअनुसार निजामती कर्मचारीहरूको मासिक पारिश्रमिकमा प्रत्यक्ष रूपमा वृद्धि हुने भएको छ। तलब वृद्धिसँगै कर्मचारीहरूले पाउँदै आएको महँगी भत्तालाई समेत परिमार्जन गर्दै मासिक ५ हजार रुपैयाँ कायम गरिएको अर्थमन्त्री वाग्लेले बताए।

आधारभूत तलबमा गरिएको १० प्रतिशत वृद्धि र महँगी भत्तामा भएको समायोजनपछि कर्मचारीहरूको समग्र पारिश्रमिक संरचनामा करिब २१ प्रतिशतसम्मको बढोत्तरी हुने अनुमान गरिएको छ। सरकारले बढ्दो बजार मूल्य र जीवनयापन खर्चलाई मध्यनजर गर्दै कर्मचारीलाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था ल्याएको जनाएको छ।

बजेट वक्तव्यमा प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन कर्मचारीहरूको मनोबल तथा कार्यक्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गरिएको छ। सोही उद्देश्यअनुसार सरकारले तलब तथा भत्ता पुनरावलोकन गर्दै नयाँ व्यवस्था लागू गरेको हो।

सरकारको यस निर्णयलाई निजामती कर्मचारी वृत्तमा सकारात्मक रूपमा हेरिएको छ। लामो समयदेखि तलब समायोजनको माग उठाउँदै आएका कर्मचारीहरूले बजेटमार्फत आएको यो निर्णयले केही राहत मिल्ने अपेक्षा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once