Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
23.1 C
Kathmandu

पर्साका तीन युवा संविधान संशोधन बहसपत्र छलफलका लागि आमन्त्रित

spot_img

वीरगंज,०१ जेष्ठ । सरकारले संविधान संशोधनका लागि गठन गरेको “संविधान संशोधन बहशपत्र तयार कार्यदल” ले छलफलका लागि थप २० जना जेनजी (Gen Z) युवाहरुलाई आमन्त्रण गरेको छ । उक्त सूचीमा पर्साबाट तीन जना युवा परेका छन् ।

गत वैशाख ३० गते प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले थप २० जना जेनजी युवाहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अर्जुन साह छनोटमा परेका हुन् ।

कार्यदलका सदस्य सचिव लिलाधर सुबेदीका अनुसार उनीहरुलाई आज (शुक्रबार) साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलका लागि बोलाइएको छ ।

संविधान संशोधनका लागि तयार पारिने बहशपत्रमा युवाहरुको धारणा, सुझाव तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जेनजी युवाहरुलाई छलफलमा आमन्त्रण गरिएको सुबेदीले जानकारी दिए ।

सरकारले संविधान संशोधन सम्बन्धी बहसलाई व्यापक बनाउन विभिन्न क्षेत्रका युवा, विज्ञ तथा सरोकारवालासँग चरणबद्ध रुपमा छलफल गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once