Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
23.1 C
Kathmandu

आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु, असार पहिलो सातासम्म सक्ने लक्ष्य

spot_img

काठमाडौं,०२ वैशाख । आजदेखि देशभर दोस्रो आर्थिक गणना औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि आवश्यक गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।

निर्धारित कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अभियानका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक तथा आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न यो गणना महत्वपूर्ण भएकाले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

गणनाका क्रममा उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थानलगायत १८ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित आधारभूत विवरण सङ्कलन गरिनेछ। यसमा प्रतिष्ठानको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी तथ्याङ्क समेटिनेछ।

त्यसैगरी, देशभर दर्ता भएका वा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, स्वरोजगार तथा बढी रोजगारी सिर्जना गर्ने संस्थाहरू, उद्योग–कलकारखाना, गैरसरकारी सङ्घसंस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालहरूको समेत गणना गरिने जनाइएको छ।

आर्थिक गणनाको पूर्वतयारीअन्तर्गतका कार्यहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका थिए। चैतको सुरुआतमा देशभर ७७ जिल्लासहित थप सात गरी ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once