काठमाडौं,२१ चैत । प्रतिनिधिसभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्याल आइतबार शपथ ग्रहण गर्न लागेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे शीतल निवासमा आयोजना हुनेछ। कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।
सभामुख निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा सांसदहरू सोबिता गौतम, स्वर्णिम वाग्ले तथा सुनील लम्साल रहेका थिए। शपथ ग्रहण कार्यक्रम शीतल निवासमा सम्पन्न हुने जनाइएको छ।





