Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, १२९ जनाले पाए सेवा

spot_img

वीरगंज,१९ चैत । पर्साकाे जगरनाथपुर गाउँपालिका–६ आवराहास्थित धर्मशालामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लब हेटौंडाको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा सम्पन्न शिविरबाट १२९ जना लाभान्वित भएका छन्।

शिविर युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा प्रमोद सहनी (रास्वपा, मधेश प्रदेश संगठन विभाग प्रमुख) को उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा सेनालाल पटेल, समाजसेवी सुशील चौरसिया लगायतको सहभागिता रहेको थियो।

त्यसैगरी रोटरी क्लबका अध्यक्ष प्रमेश प्रधान, कोषाध्यक्ष विकास श्रेष्ठ, नेत्र अधिकृत पूर्णिमा गुरुङ, वरिष्ठ नेत्र सहायक चन्द्रकान्ता चौधरी, आइ हेल्थ वर्कर जनक अवस्थी र शर्मिला बज्रगाईं लगायत स्थानीय व्यक्तिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

शिविरमा कुल १२९ जनाको आँखाको परीक्षण गरिएकोमा २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ भने ३६ जनालाई निःशुल्क औषधि (ड्रप) वितरण गरिएको जानकारी दिइएको छ।

मोतियाबिन्दु देखिएका २९ जना बिरामीलाई शुक्रबार हेटौंडा लगिने, शनिबार शल्यक्रिया गरिने र आइतबार पुनः आवराहा फर्काइने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रोटरी क्लब परिवारप्रति अध्यक्ष चौधरीले धन्यवाद व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once