Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

कुमारी बैंकको २५औँ वार्षिकोत्सवमा रक्तदान, ८८ जनाको उत्साहजनक सहभागिता

spot_img

वीरगंज,१९ चैत । कुमारी बैंक लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। मधेश प्रदेश अन्तर्गत वीरगञ्ज र जनकपुरमा सम्पन्न उक्त कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ।

बैंकका मधेश प्रदेशका सञ्चालक अधिकृत रञ्जित कुमार यादव का अनुसार वीरगञ्जमा ५७ जना र जनकपुरमा ३१ जना गरी कुल ८८ जनाले रक्तदान गरेका छन्। उनले यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगत अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, बैंकका मधेश प्रदेश प्रमुख अङ्कित पाण्डे ले कुमारी बैंकले वार्षिकोत्सवलाई औपचारिकतामा सीमित नराखी सामाजिक सेवासँग जोड्दै सातै प्रदेशमा रक्तदानसहित विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए। उनका अनुसार यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गर्दछ।

वीरगञ्जमा आयोजित कार्यक्रममा रक्तसञ्चार केन्द्र पर्सा का प्रमुख सौरभ राज पाण्डे को नेतृत्वमा रहेको प्राविधिक टोलीले आवश्यक सहयोग प्रदान गरेको थियो। कार्यक्रम सफल बनाउन बैंकका कर्मचारी, बिमा क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once