Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

प्रतिबन्धित औषधिसहित सप्तरीमा दुई जना पक्राउ

spot_img

राजविराज(सप्तरीमा),१८ चैत  । जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिबन्धित औषधि बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार दिउँसो करिब ४ बजे खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा उक्त सफलता हासिल गरेको हो।

प्रहरी चौकी झुट्कीबाट खटिएको टोलीले सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००२ प ६००६ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो। मोटरसाइकल चालक राजगढ गाउँपालिका–७ बस्ने २४ वर्षीय संजय कुमार साहलाई नियन्त्रणमा लिएर तलासी गर्दा मोटरसाइकलभित्र लुकाइछिपाइ राखिएको प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका औषधिमा Etotreat (90) २४० पिस, Etotreat (P)-C ८० पिस, Etotreat (60) १२० पिस, Respithik १० पिस, Beplix forte ९ पिस रहेका छन्। साथै, घटनास्थलबाट २ थान मोबाइल (iPhone र Benco) समेत बरामद गरिएको छ।

प्रहरीले मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, विराटनगर पठाएको जनाएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध औषधि कारोबारप्रति प्रहरी सक्रियता अझै कडा बनाएको संकेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once