Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

चैत १९ मा संसद् अधिवेशन बोलाउने सिफारिस, संविधान संशोधन बहसका लागि कार्यदल गठन

spot_img

काठमाडौँ,१६ चैत । सरकारले आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले जानकारी दिनुभयो।

त्यसैगरी बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यदल प्रधानमन्त्री वालेन्द्र शाह का राजनीतिक सल्लाहकारको अध्यक्षतामा गठन गरिनेछ।

मन्त्री पोखरेलका अनुसार कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई समेटिनेछ। राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिने सरकारको तयारी रहेको छ।

“संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागितासहित कार्यदल गठन गर्ने निर्णय भएको छ। राष्ट्रिय सहमतिमा संशोधन बहसपत्र तयार हुन्छ,” मन्त्री पोखरेलले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once