Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

ओलीको उपचार जारी, रमेश लेखक फेरि हिरासतमा फर्किए

spot_img

काठमाडौँ,१४ चैत । केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् भने पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले पुनः हिरासतमा फर्काएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार लेखकलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो । परीक्षणपछि उनलाई महाराजगञ्जस्थित प्रहरीको नम्बर–२ गणमा राखिएको जानकारी दिइएको छ।

शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा परीक्षणका रिपोर्टहरूको प्रतीक्षा भइरहँदा उहाँलाई भर्ना गरिएको हो।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ओलीको आधारभूत स्वास्थ्य परीक्षणहरू भइरहेको छ। “दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका र ज्येष्ठ उमेरका कारण चिकित्सकहरूले रिपोर्ट आउनुअघि नै भर्ना गरेका हुन्,” उनले बताए।

उनका अनुसार ओलीमा मुटुसम्बन्धी परीक्षणहरू समेत गरिएको छ र रिपोर्ट राम्रो आएमा अस्पतालमा राख्न आवश्यक नपर्ने, अन्यथा उपचार जारी रहनेछ। अस्पतालले मध्याह्नसम्म परीक्षणको नतिजा आउने अपेक्षा गरेको जनाएको छ।

यसैबीच, प्रहरीका अनुसार बाँकी कानुनी प्रक्रिया ओलीको स्वास्थ्य अवस्था, चिकित्सकको सल्लाह र कानुनी व्यवस्थाअनुसार अघि बढाइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once