Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img
30.1 C
Kathmandu

एउटै विद्यालयमा दुई–दुई ‘हेडमास्टर’! राजविराज–१३ को महावीर माविमा विवाद, आर्थिक अनियमितताका गम्भीर आरोप

spot_img

सप्तरी (राजविराज),११ चैत ।  राजविराज नगरपालिका–१३ स्थित श्री महावीर माध्यमिक विद्यालय, विषहरियामा प्रधानाध्यापक पदलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। एउटै विद्यालयमा दुई जनाले प्रधानाध्यापकको दाबी गरेपछि विद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको स्थानीयले बताएका छन्।

मिति २०८२/१०/२८ मा पूर्व प्रधानाध्यापक दिलीप कुमार यादव अनिवार्य अवकाशमा गएपछि नियमअनुसार वरिष्ठ स्थायी शिक्षक गोपाल प्रसाद मण्डललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको बताइएको छ। तर सोही पदमा जनार्दन शाहलाई सिफारिस गरिएको भन्दै विवाद चुलिएको हो । स्थानीय स्रोतका अनुसार वडा नं. १३ का अध्यक्ष त्रिलोकीनाथ चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशुनदेव यादव तथा नगरपालिकाको शिक्षा शाखाका कर्मचारीसँगको छलफलपछि जनार्दन शाहलाई प्रधानाध्यापक बनाउने प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।

यता गोपाल प्रसाद मण्डलले आफूलाई नियमअनुसार जिम्मेवारी दिइएको र त्यसलाई बेवास्ता गर्दै अर्को व्यक्तिलाई अघि सारिएको आरोप लगाएका छन्। उनीसँग सम्बन्धित कागजात र सिफारिसपत्र रहेको पनि दाबी गरिएको छ।
विद्यालयमा आर्थिक तथा प्रशासनिक अनियमितताका आरोपसमेत सार्वजनिक भएका छन्। केही शिक्षकहरूले निजी विद्यालयका विद्यार्थीहरूको भ्ःक्ष्क् नम्बर सरकारी विद्यालयमा स्थानान्तरण गरी भर्ना गराउने, खाजा कार्यक्रमको रकम दुरुपयोग गर्ने तथा विद्यालयको आर्थिक कारोबार पारदर्शी नभएको आरोप अभिभावकहरूले लगाएका छन्। उक्त गतिविधिमा जनार्दन शाह र अन्य व्यक्तिहरूको संलग्नता रहेको गुनासोसमेत उठेको छ।

त्यसैगरी प्रधानाध्यापकको जिम्मेवारी स्पष्ट नभएको अवस्थामा विद्यालयको खाता सञ्चालन कपिलदेव यादवमार्फत भइरहेको र आर्थिक चलखेल भएको आरोप पनि स्थानीयले लगाएका छन्। विद्यालयको भौतिक अवस्था पनि कमजोर रहेको बताइएको छ। कक्षाकोठामा विद्यार्थी बस्ने पर्याप्त व्यवस्था नभएको, व्यवस्थापन कमजोर भएको तथा भर्ना प्रक्रियामा समेत अनियमितता भएको गुनासो अभिभावकहरूले गरेका छन्।

स्थानीय अभिभावक र केही शिक्षकहरूले दुई जनाबीचको विवादका कारण विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको बताएका छन्। उनीहरूले स्पष्ट नेतृत्व र पारदर्शी व्यवस्थापन भए मात्र विद्यालय सुधार सम्भव हुने बताएका छन्।
यस घटनाले राजविराज नगरपालिका भित्रको सामुदायिक विद्यालय व्यवस्थापनमा देखिएको कमजोरी उजागर गरेको भन्दै सरोकारवालाहरूले तत्काल छानबिनको माग गरेका छन्। अभिभावकहरूले बालबालिकाको शिक्षामा प्रत्यक्ष असर परिरहेको भन्दै सम्बन्धित निकायले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once