खर्च कटौतीका लागि मन्त्रालय संख्या घटाउने बालेनको पहल

spot_img

काठमाडौँ,२८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरु गरेका छन्। स्रोतका अनुसार सरकारको स्वरूप र आकारबारे पार्टीभित्र छलफल भइरहेको छ ।

रास्वपाले आमनिर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सांसदको समर्थनमा बालेन प्रधानमन्त्री बन्नेछन् । थप दुई सांसदले समर्थन गरेमा दुई तिहाइ बहुमत प्राप्त हुने भएकाले उनी नेपालको संसदीय इतिहासमै शक्तिशाली प्रधानमन्त्री हुने देखिन्छ ।

समानुपातिकतर्फको संख्या यकिन भए पनि कुन सांसदलाई मन्त्रालय दिने भन्ने निर्णय अझै टुंगिसकेको छैन। निर्वाचन आयोगबाट संख्या प्राप्त भएपछि रास्वपाले त्यसअनुसार निर्णय गरी पार्टी बैठकमार्फत औपचारिक छलफल गर्नेछ।

बालेनले संसदबाहिरबाट विज्ञलाई मन्त्री बनाउने चर्चा भए पनि स्रोतले त्यस्तो सम्भावना नरहेको जानकारी दिएका छन्। संवैधानिक प्रावधानअनुसार गैरसांसद पनि मन्त्री बन्न सक्छन्, तर ६ महिनाभित्र सांसद मनोनित हुनैपर्छ। हाल परिस्थिति अनुसार ६ महिनाभित्र सांसद बनाउने अवस्था नभएकोले बालेनले यस विषयमा विचार नगरेको स्रोतले बताए।

स्रोतका अनुसार, बालेनले सांसदहरूमध्येबाट क्षमता र विज्ञता हेरेर मन्त्रीको नाम छनोट गर्ने योजना बनाएका छन्। साथै, उनले मन्त्रालयको संख्या घटाउने सोच राखेका छन्। संविधानअनुसार एक सरकारमा अधिकतम २५ मन्त्री हुनसक्छन् । हाल २२ मन्त्रालय रहेका छन् र बालेनले यसलाई १४–१५ मा सीमित गर्ने योजना बनाइरहेका छन्।

विगतमा प्रशासन सुधार सुझाव आयोग र अघिल्लो सरकारको आर्थिक सुधारसम्बन्धी कार्यदलले पनि मन्त्रालय संख्या घटाउने सुझाव दिएका थिए । कार्यदलको संयोजक डा. रामेश्वर खनाल हाल अन्तरिम सरकारका अर्थमन्त्री रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once