लागुऔषध सेवनकर्तासँग प्रहरीको झडप, आत्मरक्षामा गोली चल्यो

spot_img

वीरगंज,२८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताको आक्रमणमा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् भने आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर आक्रमणकारी समूहका एक जना पनि घाइते भएका छन्।

प्रहरीचौकी पदमपोखरीबाट खटिएको टोलीमाथि गएराति आक्रमण हुँदा प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। उनका अनुसार लागुऔषध सेवन गरेका व्यक्तिहरूले बञ्चरो प्रहार गर्दा तामाङ घाइते भएका हुन्।

घटनाका क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्।

घाइते प्रहरी सहायक निरीक्षक तामाङ र सनिस दुवैको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once