Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

१४२ उम्मेदवारमध्ये ७७ ले मात्र बैंक खाता खोलेका, निर्वाचन आयोगको चेतावनी

spot_img

रौतहट,१६ फागुन । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन अब पाँच दिन मात्र बाँकी रहँदा रौतहट जिल्लामा उम्मेदवारको खर्च व्यवस्थापनमा लापरबाही देखिएको छ।

चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका १४२ मध्ये ६५ जना उम्मेदवारले मात्रै निर्वाचन खर्चको लागि बैंक खाता खोल्न आवश्यक सिफारिस लिएका छन्। बाँकी ७७ जना उम्मेदवारले सिफारिस नलिएको तथ्यांक रौतहट जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ।

कार्यालय प्रमुख छोटेलाल दासका अनुसार, निर्वाचन सम्पन्न हुन केही दिन मात्र बाँकी रहँदा पनि धेरै उम्मेदवारले बैंक खाता नखोल्नु चिन्ताजनक अवस्था हो। समयमै प्रक्रिया पूरा नगर्दा खर्च विवरण संकलन र प्रतिवेदन तयार गर्न समस्या हुन सक्ने उनको भनाइ छ।

निर्वाचन क्षेत्र अनुसार तथ्यांक यस प्रकार छ:

  • क्षेत्र नं. १ : दलगत १२ र स्वतन्त्र १२ गरी २४ जना

  • क्षेत्र नं. २ : दलगत ९ र स्वतन्त्र ६ गरी १५ जना

  • क्षेत्र नं. ३ : दलगत १० र स्वतन्त्र १ गरी ११ जना

  • क्षेत्र नं. ४ : दलगत १३ र स्वतन्त्र २ गरी १५ जना

निर्वाचन आयोगको निर्देशिकाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सबै आय–व्यय अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था छ। तर निर्वाचन नजिकिँदै गर्दा धेरै उम्मेदवारले खाता नखोल्दा खर्च व्यवस्थापनको पारदर्शितामा प्रश्न उठ्न थालेको छ।

जिल्ला निर्वाचन कार्यालयले बाँकी उम्मेदवारलाई समयमै बैंक खाता खोल्ने प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। छोटेलाल दासले खाता नखोल्ने उम्मेदवारको विषयमा निर्वाचन आयोगले आवश्यक कारबाही गर्न सक्ने चेतावनी पनि दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once