Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
spot_img
21.4 C
Kathmandu

पर्सा–१ का उम्मेदवार हैदरमाथि आक्रमण, पिपुल्स फ्रन्ट पार्टीको कडा निन्दा

spot_img

वीरगंज,०४ फागुन । पिपुल फ्रष्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रचार–प्रसारका क्रममा भएको सांघातिक हमलाप्रति आपत्ति जनाएको छ।

पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार जारी विज्ञप्तिमार्फत उक्त घटनालाई दुर्भाग्यपूर्ण र आपत्तिजनक ठहर गर्दै घोर निन्दा गरेका छन्। विज्ञप्तिमा निर्वाचन अवधिमा उम्मेदवारमाथि भएको यस्तो हमला निष्पक्ष, तटस्थ र स्वच्छ प्रतिस्पर्धाको वातावरणमाथि गम्भीर प्रश्न उठाउने खालको भएको उल्लेख गरिएको छ।

संयोजक सिंहले दोषीहरूको पहिचान गरी आवश्यक खोजी तथा छानबिन गरेर तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै, घाइते उम्मेदवारको उपचार तथा पूर्ण सुरक्षा सुनिश्चित गर्न पनि पार्टीले आग्रह गरेको छ।

“निर्वाचन अवधिमा उम्मेदवारमाथि हुने यस्ता हिंसात्मक घटनाप्रति हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउँछ,” विज्ञप्तिमा भनिएको छ, “यसप्रति संवेदनशील भई आवश्यक कदम चाल्न सरकार र सुरक्षा निकायसँग माग गर्दछौं।”

पार्टीले निर्वाचन आयोग, निर्वाचन कार्यालय तथा सुरक्षा निकायलाई घटनामा विशेष ध्यान दिन आग्रह गर्दै उम्मेदवारमाथि हुने कुनै पनि प्रकारको हिंसा लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्‍याउने भएकाले यस्ता घटनालाई रोक्न कडा कदम चालिनुपर्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once