Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21.9 C
Kathmandu

पर्सागढीमा कांग्रेसका युवा रास्वपामा प्रवेश, चुनावी हलचल बढ्यो

spot_img

वीरगंज,०४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी छोडी नयाँ पार्टीमा प्रवेश गर्ने गतिविधि बढेको छ। पर्सागढी नगरपालिकामा दुई दर्जनभन्दा बढी युवाहरूले नेपाली कांग्रेस पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

रास्वपा पर्सागढी नगरपालिकाका सभापति कवि अर्यालको अध्यक्षतामा मनवा बजारमा भएको पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता चन्द्रभुषण सिंहले नयाँ सदस्यहरूलाई स्वागत गरे। कार्यक्रममा पर्सागढी नगरपालिकाका युवा समाजसेवी रविशंकर दास चौधरी, वडा नं–९ का कांग्रेसका वडाध्यक्ष प्रत्यासी निरज चौधरी, भू. पु. प्रहरी रामाधारी यादव, समाजसेवी मीन बहादुर भण्डारी लगायत दुई दर्जन युवाहरूले पार्टीमा प्रवेश गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले नवप्रवेशी युवाहरूलाई सम्बोधन गर्दै फागुन २१ पछि बालेनको नेतृत्वमा सरकार बन्ने र सो सरकारले देशमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूलाई देश र समाजको विकासमा सकृय भूमिका निर्वाह गर्न आग्रहसमेत गरे।

नयाँ उम्मेदवार र पार्टीमा प्रवेश गर्ने युवाहरूले आगामी निर्वाचनलाई प्रभावकारी बनाउन रास्वपालाई सुदृढ बनाउने उद्देश्य राखेका छन्। यसले निर्वाचन अघि क्षेत्रीय राजनीतिक परिदृश्यमा नयाँ उर्जा र प्रतिस्पर्धा थप्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once