वीरगंज,१२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत इनर्वा दक्षिण टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार सरार्फलाई भव्य स्वागत तथा सम्मान गरेका थिए। सरार्फले देशमा निकास र विकासका लागि जनमत पार्टी र हर्न छाप नै उपयुक्त विकल्प रहेको उल्लेख गर्दै सबै मतदातालाई पार्टीमा गोलबन्द हुन आग्रह गरे।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकि, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी राम लगायत सयौं स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।





