Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
17.1 C
Kathmandu

सालको अवैध काठबाट बनेका फर्निचरसहित एकजना पक्राउ

spot_img
वीरगंज,१७ पुस । पर्सा जिल्लामा सालको काठबाट अवैध रूपमा तयार पारिएका फर्निचर सामग्रीसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी ४८ वर्षीय उपेन्द्र प्रसाद कुर्मी रहेका छन् ।
बुधबार दिउँसो करिब २ः३० बजेको सममया जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर २७ अन्तर्गत पर्ने दरदर्वा स्थित सडक खण्डमा नियमित गस्तीमा खटिएको वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले शंकास्पद पिकअप गाडी जाँच गर्ने क्रममा उक्त फर्निचरको सामाग्री सहित कुर्मीलाई पक्राउ गरेको हो ।
गस्तीका क्रममा प्रहरी टोलीले ना.२ च २८३५ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याएको सालको काठ चोरी तस्करी गरी बनाइएको फर्निचर सामग्री फेला पारेको थियो । प्रहरीले उक्त गाडीबाट अवैध सालको काठबाट बनाइएका सालको चौकस २ थान, सालको झ्याल २ थान, अधुरो बक्स प्लाई सेट ३ थान, अधुरो कुर्सी ४ थान, डाइनिङ टेबल १ थान तथा किचेन रेक/ह्याङ्गगर ३ थान बरामद गरेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट ती फर्निचरहरू अवैध रूपमा उत्पादन तथा ओसारपसार गरिएको पुष्टि भएपछि प्रहरीले तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो । प्रहरीले उक्त सालको फर्निचर सामग्रीसहित पिकअप गाडी बरामद गरी पिकअप चालक उपेन्द्र प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका कुर्मीलाई आवश्यक कानुनी कारबाहीका लागि बिहीबार जिल्ला वन डिभिजन कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार अवैध काठ चोरी तथा तस्करी नियन्त्रणका लागि नियमित गस्ती र निगरानीलाई थप कडा बनाइएको छ । यस्ता कार्यमा संलग्न जोकोहीलाई पनि कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once