Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
17.1 C
Kathmandu

नेपाल टेलिकमसहित १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

spot_img

काठमाडौँ,१७ पुस । नेपाल टेलिकमसहित १४ वटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस १८, १९ र २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

आजसम्म शेयर खरिद गर्ने लगानीकर्ताले घोषित बोनस सेयर र नगद लाभांश पाउनेछन्। नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

अपि पावर, स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रो, कालिका पावर, हिमालयन लघुवित्तलगायत कम्पनीहरूले बोनस सेयरसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। सम्बन्धित कम्पनीहरूको साधारणसभा पुस २७ देखि माघ ३ गतेसम्म हुने तय भएको छ।
आजसम्म शेयर खरिद गर्ने लगानीकर्ताले निम्न कम्पनीहरूको लाभांश पाउनेछन्।

  • युनाइटेड इदीमार्दी एण्ड आरवि हाइड्रो: ५% बोनस र ०.२६% नगद, साधारणसभा पुस २७
  • कालिका पावर कम्पनी: ७% बोनस र ०.३६८४% नगद, साधारणसभा पुस २८

    हिमालयन लघुवित्त: ६.६५% बोनस र ०.३५% नगद, साधारणसभा पुस २८

  • अपि पावर कम्पनी: ५% बोनस र ०.२६३२% नगद, साधारणसभा पुस २९
  • ग्लोबल आईएमई लघुवित्त: ४.७५% बोनस र ०.२५% नगद, साधारणसभा पुस २९
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: २५% नगद, साधारणसभा पुस २९
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स: १५% नगद, साधारणसभा पुस २९
  • अरुण भ्याली हाइड्रो: ५% बोनस र ०.२६३०% नगद, साधारणसभा पुस ३०
  • समता घरेलु लघुवित्त: ५% बोनस र ०.२६३२% नगद, साधारणसभा पुस ३०
  • मेरो माइक्रोफाइनान्स: ४.७५% बोनस र ०.२५% नगद, साधारणसभा पुस ३०
  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स: ६.४% नगद, साधारणसभा पुस ३०
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स: १३% नगद, साधारणसभा पुस ३०
  • नेपाल टेलिकम: ३०% नगद, साधारणसभा पुस ३०
  • स्वरोजगार लघुवित्त: १४.२५% बोनस र ०.७५% नगद, साधारणसभा माघ ३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once