Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

बिन्दबासिनी–५ मा एमाले परित्याग गर्दै दर्जनौँ नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

spot_img

वीरगंज,१५ पुस । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाली कांग्रेस पर्सा जिल्ला क्षेत्र नं. ३ ‘ख’ का सभापति तथा बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा एमालेका वडा नम्बर ५ का वडा अध्यक्ष प्रत्याशी अली महम्मद मियाँको नेतृत्वमा जाकिर हुसेन, उसमान मियाँ जोलहा र तुफाईल मियाँ अँसारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै नेकपा परित्याग गरी एकराम गदी, अनवर गदी र भीम राउत गदीसहित एमाले तथा माओवादीबाट सयौँ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ को प्रसौनीभाठामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साका उपसभापति अशोक कुमार गुप्ताले नवप्रवेशीहरूलाई अबिरको टीका लगाई पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा मन्तव्य राख्दै उपसभापति गुप्ताले नवप्रवेशीहरूको आगमनले जिल्ला, क्षेत्र, पालिका तथा वडा नम्बर ५ मा नेपाली कांग्रेस अझ सशक्त बनेको बताउनुभयो।

बब्लु गुप्ताको सक्रियतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बिन्दबासिनी वडा नम्बर १ का सभापति गुडु ओझा, नेपाल विद्यार्थी संघका नेता सुधांशु चौरसिया, बिनोद पाण्डे, शम्भु चौहानलगायत नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once