Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

सप्तरीमा बिषादी खुवाई कर्तव्य ज्यान कसुर मुद्दाकी फरार अभियुक्त पक्राउ

spot_img

सप्तरी,१४ पुस । बिषादी खुवाई कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा फरार रहेकी प्रतिवादी काजल
देवी साफीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी, राजविराज नगरपालिका–०१ निवासी २५ वर्षीया काजल देवी साफी रहेका छिन्।

सुरज मनिलाल साफीको जाहेरीका आधारमा नेपाल सरकार वादी र काजल देवी साफी प्रतिवादी रहेको उक्त मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट मिति २०८२।०१।१९ गते जारी भएको पत्र आदेशअनुसार प्रतिवादीलाई पक्राउ गर्न अनुमति प्राप्त भएपछि जिल्ला प्रहरीले खोजतलास तीव्र पारेको थियो ।

खोजतलासका क्रममा जिल्ला सप्तरी, राजविराज नगरपालिका–०१ निवासी २५ वर्षीया काजल
देवी साफीलाई मिति २०८२।०९।१२ गते दिउँसो करिब २ः३० बजे राजविराज नगरपालिका–०१ को चनोरा टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेकी व्यक्तिलाई सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट सात (७) दिनको म्याद थप
गरी हाल अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।

घटनाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आवश्यक प्रमाण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइरहेको बताइएको छ । यस घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once