Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img
30.1 C
Kathmandu

जगरनाथपुरमा चौथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, सन्थी मावि प्रथम

spot_img

सेढवा,०६ पुस । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माध्यमिक विद्यालय सन्थी प्रथम हुँदै उपाधि जित्न सफल भएको छ । समग्र खेल विधामा सबैभन्दा बढी पदक प्राप्त गर्दै सन्थीले रनिङ शिल्ड हात पारेको हो ।

प्रतियोगितामा माध्यमिक विद्यालय मसिहानी द्वितीय तथा माध्यमिक विद्यालय जगरनाथपुर तृतीय स्थानमा रहेका छन् ।
समापन तथा पुरस्कार वितरण कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षता तथा गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख अशोक सिंह, पालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापक, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा पालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालय मसिहानीका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई रनिङ शिल्ड हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once