Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
19.1 C
Kathmandu

पुस १६ बाट सालपा विकास बैंकको आईपीओ खुल्ने

spot_img

काठमाडौं,०६ पुस । सालपा विकास बैंकले पुस १६ गतेदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । बैंकले सर्वसाधारणलाई १४ लाख ३९ हजार १ सय ७९ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि जारी गरिसकिएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको यस आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ ।आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

सालपा विकास बैंकको केन्द्रीय कार्यालय खोटाङ जिल्लामा रहेको छ भने बैंकको कार्यक्षेत्र पनि खोटाङ जिल्लामै सीमित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once