Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
19.1 C
Kathmandu

अरूको आलोचना होइन, आफ्नै कमजोरी सच्याएर अघि बढ्छौं : माधव नेपाल

spot_img

काठमाडौँ,०५ पुस । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपालले अहिले अरू पार्टीहरूको आलोचना गर्ने समय नभएको बताउँदै आफू नै सच्चिएर अघि बढ्नुपर्ने बेला भएको बताए ।

सो पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एकताको सन्देश लिएर गाउँ गाउँमा जान कार्यकर्ताहरूलाई आग्रह समेत गरे । अहिले आफ्नो विचारलाई जनताको बिचमा लिएर गइरहेको बताउँदै उनले नयाँ नेपाल निर्माण गर्ने आफूहरूको अभियान रहेको बताए ।

सह–संयोजक नेपालले अहिले ७७ वटै जिल्ला र स्थानीय तहमा कार्यक्रमहरू भइरहेको बताउँदै पार्टीभित्र मौलाइरहेको खतरनाक प्रवृतिको पनि आलोचना गरे । उनले नेता बन्ने तर जनताका बिचमा नजाने प्रवृत्तिलाई छुट दिन नसकिने समेत बताए ।

उनले भने, ‘हामी जनतासँग एकाकार बन्न चाहन्छौ, कुरा मात्रै ठुला गर्ने, नेताका वरिपरि पूजा गरेर बस्ने तर जिम्मेवारी पुरा नगर्नेलाई छुट दिन सकिँदैन । हामी नेता र कार्यकर्ता राम्रो बनाउन पनि लागिपरेका छौँ ।’

यो अभियान आफ्ना विचार जनताका बिचमा सम्प्रेषण गर्ने अभियान रहेको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once