Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

इतिहासमा पहिलो पटक नेपालले कतारलाई पठायो हात्ती, रूद्रकली–खगेन्द्रप्रसादको सुरक्षित उडान

spot_img

चितवन,०३ पुस । नेपालमा जन्मे–हुर्केका दुई हात्ती रूद्रकली र खगेन्द्रप्रसादलाई बुधबार राति कतार एयरको चार्टर जहाजमार्फत दोहा पठाइएको छ। यो नेपालले इतिहासमा पहिलो पटक अन्य देशलाई हात्ती उपहार पठाउनु हो।

भैरहवाबाट दोहासम्म करिब साढे चार घन्टाको उडान यी हात्तीहरूले सुरक्षित रूपमा पूरा गरे। विमान उड्नुअघि र उड़ानको दौरान दुवै हात्तीलाई अर्धबेहोस अवस्थामा राख्न लठ्याउने औषधि प्रयोग गरिएको थियो। यसले हात्तीहरूलाई झुम्म वा हलचल नगरी सुरक्षित यात्रा गर्न सहयोग पुर्‍यायो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, हात्तीको तौल धेरै भएकाले विमानमा हलचल गर्दा सन्तुलनमा समस्या आउन सक्ने भएकाले औषधि आवश्यक थियो। यसरी लठ्याइएका हात्तीले उडानको दौरान अस्वाभाविक गतिविधि गर्दैनन्।

हात्तीहरूलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई महिनाभन्दा बढी समय लगाएर तयार गरिएको खोरमा राखेर सोमबार भैरहवा पठाइएको थियो। रूद्रकली ७ वर्षकी र खगेन्द्रप्रसाद ५ वर्षका छन्। उनीहरूको माउते र भेटेरिनरी प्राविधिक पनि कतार सँगै गएका थिए।

रूद्रकली र खगेन्द्रप्रसाद दुवै जंगली हात्तीबाट जन्मिएका हुन् र प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएका छन्। नेपालले विगतमा विभिन्न देशहरूलाई गैंडा, घडियाल र मगर गोहीका अन्डा उपहार दिँदै आएको छ, तर हात्ती उपहार दिनु यो पहिलो पटक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once