Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

रक्सौलबाट काठमाडौं ल्याएर लागुऔषधको कारोबार गर्दा, भारतीय नागरिकसहित तीनजना पक्राउ

spot_img

काठमाडौं,०१ पुष । प्रहरीले काठमाडौँमा लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, र तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, “कुलेश्वर क्षेत्रमा लागुऔषध बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट भारतीय नागरिक यादव योजनाकार रहेको पाइएको छ।”

पक्राउ परेका तीनैजनाको साथबाट डायजेपाम इन्जेक्सन २,३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन २,३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन २,१५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल २,७०० थान र १० वटा मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

तीनै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once