Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
15.1 C
Kathmandu

आजपाद्वारा सुकुम्बासी बस्तीमा शुद्ध पानीका लागि संघर्षको घोषणा

spot_img

काठमाडौं,२४ जेष्ठ । आम जनता पार्टी (आजपा)ले काठमाडौंका सुकुम्बासी बस्तीहरूमा शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आजपा काठमाडौं उपत्यका विशेष कमिटी र आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको शनिबार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले आन्दोलनसहित चरणबद्ध संघर्षको घोषणा गरेको हो।

बैठकमा सहभागी नेताहरूले वर्षौंदेखि सुकुम्बासी बस्तीमा खानेपानी नपुगेको र सरकार गम्भीर नदेखिएको गुनासो गर्दै अब संघर्षको बाटो रोज्नुपर्नेमा जोड दिए। बैठकका प्रमुख अतिथि तथा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुकुम्बासी नागरिकलाई कर लिने, मत लिने तर शुद्ध पानी नदिने सरकारको नीति अमानवीय रहेको बताए।

“२१औँ शताब्दीमा कुनै पनि नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु मानवता विरोधी अपराध हो,” उनले भने ।

बैठकले निम्न संघर्षका कार्यक्रम तय गरेको छ:

२६ जेठ: खानेपानी संस्थानमा मागसहित ज्ञापनपत्र बुझाइने।

२ असार: गाग्री थापेर पानी माग्ने सांकेतिक प्रदर्शन।

३ असारदेखि: निरन्तर गाग्रीसहित प्रदर्शन।

सरकारले माग सम्बोधन नगरेमा: खानेपानी वितरण प्रणालीमा तालाबन्दी तथा सशक्त आन्दोलन।

संघर्ष समितिको गठन:
‘खानेपानीका लागि संघर्ष समिति, सुकुम्बासी बस्ती, काठमाडौं’ गठन गरिएको छ। जसको इन्चार्जमा आजपा सहअध्यक्ष तिलक थापामगर, सहअध्यक्षमा देवी पण्डित, संयोजक कालबहादुर विक, सहसंयोजक उपेन्द्र साह, प्रवक्ता रञ्जुकुमारी साह छन्। समितिमा उपत्यका विशेष कमिटी र संघका सदस्यहरूको समेत प्रतिनिधित्व छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once