Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

विवाह समारोहको मौका छोपी मोटरसाइकल चोर्ने तीन युवा पर्साबाट पक्राउ

spot_img

वीरगंज,१४ जेष्ठ । जन्ती गएका बेला मोटरसाइकल चोरी गर्ने गिरोह पर्साको पोखरिया नगरपालिकाबाट पक्राउ परेका छन्। प्रहरीले तीन जना युवालाई पक्राउ गरी चोरीसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।

जेठ ८ गते राति पोखरिया नगरपालिका–९ मा भएको विवाह समारोहमा सहभागी वीरगन्ज–२१, ताजपुरका राजदेव महतोको नाममा दर्ता सुपर स्प्लेंडर (ना.५४ प ३८७७) मोटरसाइकल हराएको थियो। पीडितले इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएपछि खोजी सुरु गरिएको थियो।

जेठ १० गते सो मोटरसाइकल पोखरिया नगरपालिका–४ स्थित सडकमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि प्रारम्भ भएको अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न पोखरिया–४ का १९ वर्षीय रितिक गिरि, २१ वर्षीय रामविश्वास राम र १९ वर्षीय कृष्ण महतो नुनियालाई पक्राउ गरेको हो।

तीनै जनालाई हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once