Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
24.1 C
Kathmandu

मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, हेलिकप्टरमा काठमाडौं लगिँदै

spot_img

हेटौंडा,१२ असोज । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ ।

सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।

उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो ।

बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो । जहाँ ४० बालकहरुले प्रशिक्षण लिइरहेका थिए ।

बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once