Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
17.1 C
Kathmandu

एआईबाट भिडियो बनाएर नेताहरुको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

spot_img

काठमाडौं,२ भदौ। आर्टिफिसियल इन्टलिजेन्स (एआई) प्रयोग गरेर भिडियो बनाउँदै नेताहरुको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार, पक्राउ पर्नेमा बाजुराको खप्तड छडदह गाउँपालिका–५ स्थायी घर भएका २२ वर्षीया रमेशबहादुर रावल छन् ।

अनुसन्धानबाट संलग्नता खुलेपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइएको अर्यालले बताए । उनका अनुसार, रावलको साथबाट भिडियो बनाउन प्रयोग भएको मोबाइल र ल्यापटप पनि बरामद भएको छ ।

उनी भन्छन्, ‘मोबाइलमा विभिन्न नेताहरुको एआईमार्फत भिडियो बनाएर फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा हालेको पाइएको छ ।’

फेसबुकमा एआई भिडियो हालेर आफ्नो चरित्र हत्या गरिएको भन्दै काठमाडौं महानगरपालिकाकी उपमयेर सुनिता डंगोलले चार दिनअघि साइबर ब्यूरोमा अनुसन्धान गर्न भन्दै निवेदन दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी रावलसम्म पुगेको थियो ।

उनलाई पक्राउ गरेर मोबाइल जाँच गर्दा रावलले अन्य नेताहरुको पनि उस्तै प्रकृतिको भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने गरेको भेटिएको अधिकृतहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once