राज दास/पर्सा, २९ साउन २०८१
पर्सागढी नगरपालिका वडा नं. १, मनवा शान्ति चौकस्थित एक ठाउँमा सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध सालको काठसहित दुई वटा साइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले २०८१ साल साउन २५ गतेको दिन गस्ती गर्दै गर्दा दुई व्यक्तिले साइकलमा राखेर सालको काठ लैजाने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। साइकलमा राखिएको काठ दुई वटा गुलिया आकारमा थियो।
नियन्त्रणमा लिइएका काठ तथा साइकललाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय, बडनिहारमा बुझाइएको छ। यो घटना सशस्त्र प्रहरीको निरन्तर गस्ती अभियानको परिणामस्वरूप सम्भव भएको हो, जसले वन्यजन्तु संरक्षण र अवैध काठ तस्करीलाई रोक्नका लागि महत्वपूर्ण भूमिका खेलेको छ।
यस घटनाले अवैध काठ तस्करीमा संलग्न व्यक्ति र समूहलाई कानूनी कारबाहीको दायरामा ल्याउन सशस्त्र प्रहरीको प्रयासलाई थप बलियो बनाएको छ।





