बुटवल,१९ वैशाख कपिलवस्तुमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५६बर्षीया जुठी भुषाल र करिब ६१ वर्षीया टेकलाल भुषाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरत्न पौडेयाले जानकारी दिए ।
महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए ।





