Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
15.1 C
Kathmandu

माताको भेषमा मन्दिरमा गएर मूर्ति ‘चोर्ने’ तीन महिला पक्राउ

spot_img

तुलसीपुर । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले
उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरू तीनै जनाले आफूहरू माता रहेको र भगवान्‌ले दिएको भन्दै मूर्ति र घण्टी ल्याएको दाबी गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरूविरुद्ध जाहेरी दिन लागिएको बताए । उनीहरूमाथि सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once