Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

कल बाइपास गरि नेटवर्किङ्ग धन्दा चलाउने दुईजना चिनियाँ नागरिक पर्सा प्रहरीको फन्दामा

spot_img

वीरगंज (पर्सा), १७ चैत । वीरगंजमा अवैध तरिकाले कल सेन्टर संचालन गर्ने दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार सांझ वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्ष्मणवास्थित नन्दु राउत कुर्मीको घरमा छापामारी गरि अवैध तरिकाले कल बाइपास गरेर नेटवर्किङ्ग धन्दा चलाउने चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । घरबाट ठुलै संख्यामा इलेक्ट्रोनिक्स सामानहरु बरामद गरिएको उनको भनाई छ । छापामारीको क्रममा दर्जनौं संख्यामा कम्प्युटरका पार्टस्, मोबाइल लगायतका सामानहरु बरामद भएको भन्दै प्रहरी नायब उपरीक्षक थापाले घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण अनुसन्धान भएपछि सार्वजनिक गरिने बताए ।

प्राप्त जानकारी अनुसार प्रहरीले ठुलै संख्यामा कम्प्युटरका सामान, मोबाइल, सिसिटिभी लगायतको इलेक्ट्रोनिक्स सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले छापामारी गरेको थियो ।

प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर अवैध रूपमा कारोबार संचालन गर्दै आएका थिए । प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिनापहिला हेटौंको एक महिलाले घर भाडा लिएकी थिइन् । सोही घरमा संचालन हुँदै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once