Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu

मुलुकको अर्थतन्त्रमा सुधार आएको छ : अर्थमन्त्री महत

spot_img

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताएका छन्।

मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा।महतले यस्तो बताएका हुन्। उनले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नती हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको पनि बताए।

‘मुलुकमा समृद्धि ल्याउने कुरामा सबै मिलेर लाग्नुपर्ने छ। देशमा अब आर्थिक उन्नति हुन्छ भन्ने सकारात्मक माहोल बनाएर लगानी बढाउँदै आर्थिक गतिविधिमा संलग्न हुनु आवश्यक छ। देश र विदेशमा भएका नेपालीहरू मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सरकार सुशासन र लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न सरकार प्रतिवद्ध छ।’

आर्थिक विकासको सकारात्मक माहोल बनाउनको लागि आर्थिक गतिविधिमा सबै सम्मेलन हुनपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक रुपान्तरणमा सहभागी हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए।

अर्थमन्त्री महतले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिवद्ध रहेको बताए।

उनले गणेशमान सिंह पार्कको स्थानीय,प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once