Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

संविधानको सफल कार्यान्वयनमा देशको नेतृत्व चुक्यो : पूर्वप्रधानमन्त्री खनाल

spot_img

काठमाडौं,२ असाेज। पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन्।

मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गरे। उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पारे।

‘संविधान बनेको ७ वर्ष हुनलाग्यो, विस्तारै एक दशक हुन्छ। तर संविधान जुन ढंगको हामीले बनाएका छाँै। त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया छ त्यसमा भने हामी संविधान बनाउँदा जति सचेत थियौँ। यसलाई कार्यान्वयन गर्न त्यति सचेत गर्न सकेका छैनौँ,’ खनालले भने, ‘संविधानको धारा ३ पढ्नुस्, नेपालको विशेषताको बारेमा हामीले राम्रो ढंगले परिभाषित गरेका छौँ। नेपाल एउटा बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देश हो। तर त्यसको मर्म र भावनाको बारेमा देशका सबै जातिका जनतालाई राम्रोसँग बुझाउन सकेका छैनौँ।’

उनले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको पनि बताए।

साथै, संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ।

‘अहिले पनि विविध खालका सेन्टीमेन्टहरू उम्लिन खोजिरहेका छन्। पूर्वाञ्चल त्यसकै प्रभाव हो। धरानमा भएको निषेधाज्ञा त्यसकै प्रभाव हो। यसैले हामीले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न सकेका छैनौँ। यो देशको नेतृत्व पछि छ,’ खनालले भने, ‘यी कमजोरीलाई समाधान गर्नुपर्छ। ३१ वटा मौलिक हक पारित गरेका छौँ। त्यसलाई ३ वर्षभित्रमा कानून बनाएर लागू गर्नुपर्छ, त्यही संविधानले घोषणा गरेको हो, अहिले ७ वर्ष भयोरु खै कानून बनेकोरु यो नेतृत्वको पहलमा कमी हो। संविधान राम्रो बनाएर मात्रै हुँदैन, यसलाई कार्यान्वयन गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्छ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताउँदै राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरू बढ्दै गएको पनि बताए।

देशका वामपन्थीहरू मेलमिलाप भएमात्रै स्व।सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once