Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu

रुपन्देहीमा दुई मजदुर समूहबीच झडप हुँदा १ जनाको मृत्यु, तीन घाइते

spot_img

रुपन्देही,२ असोज – रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदुरी काम गर्दै आएका दुई समूहबीच गएराति विवाद भइ झडप हुँदा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो ।

उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिए तीन जना भने गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

झडपमा संलग्न १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once