Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै

spot_img

काठमाडौं,३१ भदौ । करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गर्ने भएको छ।

प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कार्यालय प्रमुख एवं् सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। पछिल्लो ११ महिनामै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका ३२ र फरार १८ लाई प्रतिवादी बनाएर सीआईबीले ३ अर्ब ५० करोड बढीको बिगो मागदाबीसहित मुद्दा चलाउन राय दिएको छ ।

उनीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउन सिआइबीको सुझाव छ। पक्राउ पर्नेमा ९ जना विदेशी नागरिकसहित भन्सार कर्मचारी, भन्सार एजेण्टसहित रहेका छन्। ५ जना चिनियाँले काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानी पनि बनाएको पाइएको छ।

बे्रक सुसहित हङकङबाट नेपाल भित्रिएको सुन गत साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। विभागले १९ दिन अनुसन्धान गरी थप अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once