Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : राष्ट्रपति सीलाई हाङझाव र प्रधानमन्त्री लीलाई बेइजिङमा भेट्ने

spot_img

काठमाडौं,२९ भदाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असोज ५ गतेदेखि हुने चीन भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट हुने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई आफ्नो संयुक्त राष्ट्रसंघ र चीनको आसन्न भ्रमणबारेमा जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले आफू असोज ५ गते न्युयोर्कबाट सिधै छिमेकी चीनको भ्रमणका लागि हाङझाव जाने पनि जानकारी दिएका छन्।

‘छोटो समय रहेका कारण न्युयोर्कबाट सिधै चीन जानुपर्ने बाध्यता भएको हो।
नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध रहेको छ। हालैका दिनमा सम्बन्ध झन् व्यापक भएको छ’, उनले भनेका छन्, ‘नेपालका लागि चीनले हित चिताउने गरेको छ। नेपालको प्रधानमन्त्रीका रुपमा यो मेरो भ्रमण तेस्रो हो। यस भ्रमणलाई नेपाल र नेपाली जनताको हितमा लगाउने प्रयास हुनेछ।’

उनले आफू न्युयोर्कबाट सिधै हाङझावमा अवतरण गर्ने बताए। ‘हाङझावमा चिनियँ राष्ट्रपति सी चिनफिङसँग मेरो भेटघाटको कार्यक्रम रहेको छ’, उनले भने, ‘त्यही दिन एसियाडको उद्घाटनमा सहभागी हुनेछु।’

त्यसपछि हाङझावबाट आफू बेइजिङ जाने पनि उनले बताए। ‘२५ सेप्टेम्बरमा बेइजिङमा प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता हुनेछ’, उनले भने, ‘त्यसपछि म चीनको छोनछिङको भ्रमणमा जानेछु। अन्तिममा तिब्बतको भ्रमण पनि गर्ने तालिका छ। त्यहाँ उच्चस्तरीय भेटवार्ता गरेर फर्किने तालिका छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once